दशैंमा म्याग्दीमा भित्रियो ३ करोड हाराहारीको रेमिट्यान्स

म्याग्दी, ३० असोज । म्याग्दीमा ३ करोडको हाराहारीमा रेमिट्यान्स भित्रिएको छ । असोजको दोस्रो सातादेखि ३ करोडको हाराहारीमा रकम भित्रिएको हो । वैदेशिक रोजगारीमा गएकाले चाडपर्वका लागि आफ्ना परिवारलाई पठाएको रकम ३ करोड बराबर रहेको बताइएको छ ।

२० हजार देखि ३ लाखसम्म रकम भुक्तानी गरिएको बैंक तथा वित्तीय संस्थाहरुले जानकारी दिएका छन् । खाडी मुलुक, एशियाली तथा यूरोपबाट धेरै रकम आउने गरेको बैंकले जानकारी दिएको छ ।

७० प्रतिशत रेमिट्यान्सको हिस्सा खाडीमुलुक रहेको छ । सहकारी संस्थाहरुबाट समेत रकम भुक्तानी गरिएको छ । जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्