राष्ट्रपति भण्डारीलाई प्रदेश प्रमुखहरुले भेटे

काठमाडौं । प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेश सातै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । प्रदेश प्रमुखहरुले बुधबार राष्ट्रपति भवन, शीतलनिवासमै राष्ट्रपति भढडारीसँग भेटवार्ता गरेका हुन् ।

यसै भेटवार्ताको अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा आ–आफ्ना अनुभवहरु जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्