कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउने र कलाकारमाथि धाकधम्की दिने हामीलाई स्वीकार्य छैन्ः बहिर्गमित जनमुक्ति सेना नेपाल

काठमाडौं, ८ फागुन । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कला र सिर्जनाको सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपालले यस्तो आरोप लगाएको हो । संगठनले सरकारले कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउने र कलाकारमाथि धाकधम्की दिएको आरोप लगाएको छ।

‘युुथ फोसर्’ नामक कथित सगंठनबाट लोकगायक पशुपती शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गितमाथि प्रहार गरेको भन्दै त्यसप्रति आफूहरुको विशेष ध्यानाकर्षण भएको संगठनको ठहर छ ।
पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष असिम लिम्बु ‘सुनिल’ वर्तमान सरकारले जनताले बोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टचारी, बेथिति, विसंगतीउपर सरकारले कारवाहीको कदम नचाले जनमुक्ति सेना नेपाल फिल्डमा उत्रन बाध्य हुने पनि चेतावनी दिए ।

कुनैपनि नागरिकलाई संविधानले व्यवस्था गरेको मानवअधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निरंकुश शैलीमा प्रतिवन्ध र धाक धम्की दिई जनता र कलाकारलाई तर्साउन खोजे आफूहरुले त्यसको जवाफ दिने उनले चेतावनी दिए ।

उनले भने,‘हामी जनमुक्ति सेनाको संगठनले जस्तोसुकै कदम चालेर पनि जवाफ दिने जानकारी वर्तमान सरकार र तिनका भातृसंगठनलाई गराउदछौं ।’ उनले गणतन्त्र सबै नेपालीहरुको साझा उपलब्धि भएकोले यो व्यवस्थामा कुनै एक दुई जना शासकहरुको हालीमुहाली हुन नहुने पनि जिकिर गरे ।

संगठनका बरिष्ठ उपाध्यक्ष रमेश बसेल ‘करण’ ले विज्ञप्ती वाचन गरेका थिए । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘वर्तमान दुुई तिहाई बोकेको बहुमत कम्युनिष्ट नामक केपी ओलीको सरकारले जनताप्रति वफदार रही कला र सिर्जनाको सम्मान गर्दै, भ्रष्ट, भ्रष्टचारी, बेथिति, विसंगती उपर कारवाहीको कदम नलिए हामी जनमुक्ति सेना नेपाल फिल्डमा उत्रन बाध्य हुनेछौ ।

राज्यकोष लुट्न र दहन गर्न कसैलाई पनि अधिकार छैन,त्यसका लागी गणतन्त्र स्थापना गरीएको हैन,त्यो जनताले सहन सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्