मौद्रिक नीति समिक्षाको विरोधमा बैंकर्स संघ कार्यान्वयनमा नजान आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघले राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा ब्याजदर र स्प्रेडदरमा गरेको व्यवस्थाका कारण बैंकिङ क्षेत्र जोखिममा परेको भन्दै विरोध गरेको छ । बैंकर्सहरुले व्यवसायीको दबाबमा परेकार राष्ट्र बैंकले गलत व्यवस्था गरेको भन्दै गिरोध गरेका हुन् ।

मौद्रिक नीति र त्यसको कुनैपनि समिक्षामा विरोध नगर्ने बैंकर्स संघले यसपटक विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । सोमबार व्यवसायीको दबाबपछि राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेको र स्प्रेड दर गणना गर्ने विधि गलत भएको बैंकर्सहरुको निष्कर्श छ । यसले गर्दौ बैंकहरुको नाफा घटने र शेयर बजारमा समेत उच्च गिरावट आउने बैंकर्सहरुको भनाई छ ।

व्याजदर अन्तरलाई क्रमशः ५ प्रतिशतबाट ४.५ प्रतिशतमा ल्याउनुपर्ने वर्तमान व्यवस्था कायमै रहेको अवस्थामा अकस्मात लगानीको प्रतिफललाई अलग गरी औसत व्याजदर गणना विधी लागु गरिएमा बैंकिङ क्षेत्रले आफ्नो खर्च नै धान्न नसक्ने संघको धारणा छ । मुलकमा भएको उच्च आर्थिक गतिविधि तथा लगानी योग्य रकमको अभावले गर्दा देखिएको व्याजदर अस्थिरतालाई गलत तरिकाले नबुझ्न बैंकर्स संघले आग्रह गरेको छ ।

फेरीपनि मौद्रिक नीतिको समिक्षामा समावेश गरिएका केही बुँदाहरुले बैंकिङ क्षेत्रमा पुनः व्याजदर अनियन्त्रित हुन सक्ने देखिएको संघको ठहर छ। संघले अन्तर्रा्ष्ट्रिय बजार मान्यता तथा खुला बजार अर्थतन्त्रको मान्यता अनुरुप बैंकहरुको व्याजदर, शुल्क तथा दरहरु खुला बजारलाई नै छोडिदिनु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्