१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका सार्वजनिक

काठमाडौं । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रारम्भीक खेल तालिका सार्वजनिक गरिएको छ ।

चुनावका कारण बीसीसीआईले दुई साताका लागि मात्रै इन्डियन प्रिमियर लिग (आईपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । यस क्रिकेट प्रतियोगिता बिश्व क्रिकेटको महाकुम्भका रूपमा लिइने गरिन्छ ।बिश्व चर्चित क्रिकेट खेलाडीहरु सम्मिलित इन्डियन प्रिमियर लिगमा त्यतिबेला बिश्वको ध्यान भारतमा हुनेगर्छ ।

२०१९ मार्च २३ देखी देखी सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका
अप्रिल ९ सम्मको लागी मात्रै सार्वजनिक भएको छ । नेपाली मिति अनुसार चैत २३ गते शनिबारदेखि सुरू हुने खेलको उद्घाटन खेलमा तीन पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) बिजेता पुर्व भारतीय राष्ट्रिय टिमका कप्तान महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले वर्तमान भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरका बीच महाभिडन्त हुनेछ ।

त्यसैबेला भारतमा हुनलागेको लोकसभा चुनावलाई मध्यनजर गर्दै सार्वजनिक गरेको खेल तालिकामा केही परिवर्तन हुनसक्ने बिसिसिआईले जानकारी गराएको छ।२३ मार्च देखि अप्रिल ५ सम्मका लागि सार्वजनिक गरिएको तालिकामा १७ खेल हुनेछन् । सार्वजनिक तालिका अनुसार कोलकाता, मुम्बई, जयपुर, दिल्ली, चेन्नई, बेंगलुरू, हैदराबाद र मोहालीमा खेलहरु खेलाइने छन ।

बीसीसीआईले दुई साताका लागि सार्वजनिक गरेको खेल तालिकासँगै बाँकी तालिकामा परिवर्तन हुनुसक्ने बताएको छ। यद्यपी भारतीय सरकारले अहिलेसम्म चुनावको मिति तय गरेको छैन । त्यसैले बाँकी तालिका सार्वजनिक गर्न समय लाग्ने देखिएको बुझिएको छ । आगामी अप्रिल या मे महीनामा लोकसभा चुनाव हुने सम्भावना छ । त्यस्तै यो सिजनको आईपीएल पनि मार्च, अप्रैल तथा मे महिनाका लागि तय भएको छ । यसलगत्तै एक दिवसीय विश्वकप क्रिकेटको आयोजना हुने भएको छ। पहिलो दुई सातामा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबाहेक बाँकी सबै टिमले समान चार(चार खेल खेल्नेछन ।

सबै टिमले दुई खेल आफ्नो घरेलु मैदानमा र २ खेल बाहिरको मैदानमा खेल्नुपर्ने छ । ११औं संस्करणमा दिल्ली डेयरडेभिल्सबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण युवा लेग स्पिनर सन्दीपले अन्तिमका अन्तिम ४ खेलमा खेल्ने मौका पाउँदा आफुलाई उत्कृष्ट लेग स्पिनर भएको प्रमाणित गरेका थिए ।

यसपटकको इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि सन्दीप लामिछानेलाई रिटन गर्दै दिल्ली क्यापिटल्सबाट खेल्ने मौका दिएका हुन । अब सन्दीपले १२ औं सिजनको आईपीएलमा कस्तो खेल पस्किनेछ्न, लामिछानेको जादुई बलिङ हेर्न सम्पुर्ण नेपाली क्रिकेट प्रेमिहरुको प्रतिक्षाको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्