आर्थिक अनियमितता गर्ने समाज कल्याण परिषदका ५ पदाधिकारी बर्खास्त

काठमाडौं । सरकारले आर्थिक अनियमितता गर्ने समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको छ ।

सरकारले परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको हो ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमासञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न अख्तियारलाई पत्र पठाइएको जानकारी दिनुभयो ।

समाजकल्याण परिषदमा व्यापक अनियमितता भएको आरोप छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो ।

विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित उक्त छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्