सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको होईन : सञ्चारमन्त्री बास्कोटा

काठमाडौँ । मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले सामाजिक सञ्जालको प्रयोगमा रोक ल्याउन नखोजेको बताउनु भएको छ । उहाँले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गराउन खोजेको भन्दै चौतर्फी रुपमा आलोचना हुन थालेपछि सरकारले जवाफ दिएको हो ।

मन्त्री बास्कोटाले सामाजिक सञ्जालबाट विभिन्न किसिमका विकृती निम्तिएको र त्यसको रोकथामको लागि सहयोग पुग्नेगरी संसदमा विधयेक पेस गरेको बताउनु भएको छ । साथै उहाँले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पार्नुभयो । साथै सरकारले सामाजिक सञ्जाललाई मर्यादिद बनाउन खोजेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मर्यादित हुनुपर्ने बताउँदै सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नखोजेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्