मलाइकाले आफ्नो ड्राइभरलाई कामबाट किन निकालिन् ? यस्तो छ रहस्य !

एजेन्सी । अभिनेत्री तथा डान्सर मलाइका आरोडा र अरबाज खानले आफ्नो सम्बन्ध बिच्छेदपछि आ–आफ्नो निजी जीवनलाई अगाडि बढाइरहेका छन् । यता अरबाज खान मोडल जर्जियाको साथमा रिलेशनसिपमा छन् ।

उनको पूर्व पत्नी मलाइका पनि अभिनेता अर्जुन कपूरसँग अफेयरमा छन् । अरबाज र मलाइका सम्बन्ध बिच्छेद गरिसकेपछि पनि एक असल साथी छन् । खान परिवारको कार्यक्रमहरुमा मलाई पुगेकै हुन्छन् ।

यसको बावजुद पनि मलाइकाले आफ्नो ब्यक्तिगत जानकारी बाहिर ल्याउन चाहदिनन् । स्पटब्बाईको एक खबर अनुसार पछिल्लो समय मलाइका र अर्जुन कपूरको अफेयरको साथमा ब्यक्तिगत जानकारीहरु बाहिर आइरहरेको छ । यसै कुरालाई मुद्धा बनाएर मलाइकाको ड्राइभर मुकेशले आफ्नो भाई बबलुसँग मलाइकाको ब्यक्तिगत कुरा लिक गरिरहेका छन् ।

जब यो कुरा मलाइकालाई थाहा भयो तब ड्राइभरलाई कामबाट निकालिदिएका छन् । अरबाज र मलाइका अफेयरमा रहँदा अरबाजले मुकेशलाई ड्राइभरको लागि हायर गरेका थिए । मलाइकाको लागि मुकेश र अरबाजका लागि उनका भाई बबलुका हायर गरिएको थियो ।

तर अरबाज र मलाइका अलग्गिएपछि पनि उनीहरुले आ–आफ्नो ड्राइभरलाई सँग–सँगै राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्