डीपीएलको एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देहीमाथि १ रनको रोमाञ्चक जित

  • हरिशजङ्ग क्षेत्री,

कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो सिजनको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडद्वारा रुपन्देही १ रनले पराजित भएको छ ।

बिहीबार भएको रोमाञ्चक खेलमा महेन्द्रनगरद्वारा रुपन्देही च्यालेन्जर्समाथी १ रनको रोमाञ्चक जित निकालेको हो ।

रुपन्देहीलाई अन्तिम ओभरमा ५ रनको आवश्यकता रहेका बेला प्रदीप ऐरी रन आउट हुँदा निराश भएको रुपन्देहीलाई बिक्रम सोबले पनि निराश बनाए । अन्तिम बलमा जितका लागि ३ रनको आवश्यकता रहेको बेला एक जोड्दा दोस्रो रन चोर्न खोज्दा रुपन्देहीका कप्तान वसन्त रेग्मी रन आउट हुँदा हार व्यहोर्नु परहेको छ ।

महेन्द्रनगरका लागि अन्तिम ओभर गरेका अभिनास बोहराले ३ विकेट आउट गर्दा दुई ब्याट्सम्यानहरु रन आउट हुँदा एक ब्याट्सम्यानलाई क्याचबाट आउट भएका थिए । रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाएर एक सय १४ रनमा समेटिदा नजीकको हार व्यहोर्नु पर्यो ।

हारसँगै रुपन्देही प्रतियोगिताबाट बाहिर भएको छ भने महेन्द्रनगरले काठमाडौं गोल्डेन्ससँग सेमिफाइनलमा भेट पक्का गरेको छ । ब्याटिङ तर्फ रुपन्देहीका बाबर हयात र प्रदीप ऐरीले समान २८–२८ रनको योगदान दिदा बिनोद भण्डारीले २३ रन, सन्दीप सुनारले १४ रन जोड्दा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ महेन्द्रनगरका अभिनास बोहराले उत्कृष्ट बलिङ गर्दै २ विकेट प्राप्त गर्दा मोहम्मद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले १–१ विकेट प्राप्त गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय १५ जोडेको थियो ।

प्रदेश सातको अस्थाई राजधानी धनगढी स्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको एलिमिनेटर खेलमा १ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर महेन्द्रनगरले १ सय १५ रनको योगफल बनाउदा महेन्द्रनगरका कप्तान शरद भेषावकरले सर्वाधिक २९ रनको योगदान दिदा एस आनन्दले २० रन, अमर सिंह रौटेलाले १९ रन, मोहम्मद नाभिदले १८ रन जोड्दा आरिफ शेख र अभिनास बोहराले समान ११–११ रनको योगदान दिदा महेन्द्रनगरका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न असमर्थ रहेका थिए ।

महेन्द्रनगरले पहिलो विकेटका रूपमा पहिलो ओभरको दोस्रो बलमा ओपनर दिलिप नाथलाई शन्यमा आउट हुँदा तेस्रो ओभरको तेस्रो बलमा बिदेशी खेलाडी मोहम्मद नाभिदलाई दोस्रो विकेटका रूपमा गुमायो ।

पाचौं ओभरमा तेस्रो विकेट गुमाउँदा १० ओभरको पहिलो बलमा महम्मद आरिफ शेकका रूपमा चौथो विकेटको पतन हुँदा युनाइटेडको स्कोर ५९ रन रहेको थियो ।
दसौं ओभर लगातार ३ विकेटका रूपमा आरिफ शेख, रोहित पौडेल र सिद्धान्त लोहनीका रूपमा विकेट गुमाएको महेन्द्रनगरले १७ दशमलव ४ बलमा सातौं विकेटका रूपमा अमर सिंह रौटेला आउट भए ।

२० औं ओभरको पाचौं र छैटौं बलमा लगातार दुई विकेट अभिनास बोहरा र साब आलम आउट हुँदा १ सय १५ रनमा समेटिएको थियो । बलिङतर्फ रुपन्देहीका तीब्र गतिका बलर ललित सिह भण्डारीले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ४ विकेट झार्दा पुनित मेहराले ३ विकेट त्यसैगरी कप्तान वसन्त रेग्मीले २ विकेट चट्काउदा महेन्द्रनगर १ सय १५ रनमा अल्झिएको थियो ।

बिजेता टोलीले अब फाइनलमा पुग्न अब काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ । बिहीबारको खेलमा आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेका महेन्द्रनगरका अभिनास बोहरा प्लेयर अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्