झापामा टेबल टेनिसको खेलाडी छनौट सुरु

झापा । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर एकबाट टेवल टेनिस खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको छनौट बिहीबारबाट झापामा शुरु भएको छ । काँकरभिट्टास्थित कवर्डहलमा शुरु भएको छनौट प्रतिस्पर्धा ३ दिन सम्म चल्ने छ ।

पूर्वाञ्चल खेलकुद विकास समितीको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा सुरु छनौट प्रतियोगितामा प्रदेश नम्बर १ को धनकुटा बाहेक १३ वटा जिल्लाका ६४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

१६ वटा समूह बनाए प्रतिस्पर्धा थालिएको छनौट खेलबाट छनौटमा परेका ५ महिला र ५ पुरुष खेलाडीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ को तर्फबाट सहभागिता जनाउने झापा जिल्ला खेलकुद समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्