दशैंका लागि कपिलवस्तुबाट दैनिक तीन करोडको खसीबोका नेपाल भित्रिदै

  • मनोज श्रीवास्तव

कपिलबस्तु । दशैंमा खसीबोकाको माग बढे पछि कपिलबस्तु जिल्लाबाट दैनिक तीन करोड बढीको खसीबोका भारतबाट नेपाल भित्रिने गरेको छ छन् । दशैंका लागि माग ह्बात्तै बढे पछि भारतीय ब्यापारीलाई नेपालतर्फ खसीबोका ल्याउन भ्याई नभ्याई भएको छ ।

भारतीय व्यापारीले कपिलबस्तु जिल्लाको कृष्णनगर भन्सार नाकाबाट खसी बोका भित्र्याउने गरेका छन् । यसरी भित्र्याईएका खसीबोकाहरु पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने चन्द्रौटामा खसीबोका झारेर नेपाली नम्बरको ट्रकको बन्दोबस्त गरेर दैनिकजसो १० देखि १५ ट्क खसी बोका काठमाण्डौं पठाउने काम भैरहेको छ ।

लामो समय देखि भारतको उत्तर प्रदेश बहराईच, कानपुर र नानपाराका १२ बढी भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका बताएका छन् । कपिलवस्तुबाट काठमाडौं पठाउने खसीबोकाहरुमा बाबरी, जमुना पारी र स्थानीय जातका खसी बोका रहेका छन् ।

भारतको उत्तर प्रदेश बहराईच, कानपुर, लखनउदेखि खसीबोका नेपाल भित्रिरहेका छन् । दशैंमा कपिलबस्तुबाट काठमाण्डौं एक दिनमा १० देखि १५ ट्रक खसीबोका जाने गरेको व्यापारीहरु बताउछन् । अन्य समयको तुलनामा दशैंका बेला तेब्बर व्यापार बढ्ने र राम्रो आम्दानी हुने हुँदा दिनरात खसीबोका खोज्दै पठाउदै गरेको हेरालुहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्