अष्ट्रियाको जेल पाँच तारे होटल भन्दा कम छैन

काठमाडौं । जेल भन्ने वित्तिकै सबैलाई कालोकोठा, चिसो भुँइ र कडा सुरक्षाको याद आउँछ । तर, विश्वमा यस्तो पनि देश छ जहाँको जेल शान्दार पाँच तारे होटल भन्दा कम छैन ।

अष्ट्रियाको जस्टिस सेन्टर लियोबेन एक जेल हो, जुन विश्वभर प्रसिद्ध छ । जेलभित्र भेटिने सबैजसो सुविधाहरु जो कोहीको पनि मन लोभ्याउने किसिमको छ । जुन जेलमा हाल २ सय ५ कैदी÷बन्दी बस्ने गर्छन् । यो जेलमा एक कैदीलाई लिभिङ रुम, किचनका साथै निजी बाथरुमको पनि सुविधा छ ।

अष्ट्रियाको यो जेल सानोतिनो अपराध गर्ने मानिसहरुका लागि बनाइएको हो । अदालतको फैसलाको कारण बाहिर बस्न नमिल्ने कैदीहरु यो जेलमा बस्न आउँछन् । यो जेलमा बस्दा उनीहरुको आचरणमा सुधार आउने विश्वासका साथ यो जेल शान्दार बनाइएको अष्ट्रियाली सरकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्