रामेछापको भीरपानीमा गाडी दुर्घटना हुँदा १३ बर्षिय बालिकाको मृत्यु

रामेछाप । खाँडादेवी गाउँपालिका–३ भीरपानीमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा १३ बर्षिय बालिका रहेको छ ।

मंगलाबार दिउसो भएको गाडी दुर्घटनामा परी एकको घटनास्थलमा नै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् भने १० जाना गम्भीर घाइते भएका छन्  । प्राप्त सुचना अुसार काठमाडौंबाट गाल्वा तर्फ आएको बा ३ ख ४६७५ नम्बरको बस गाल्वाबाट काठमाडौं जादै गरेको बसलाई साइट दिने क्रममा दुर्घटना भएको हो।

घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको भीरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्