‘सीधाकुरा टिम’माथि प्रहरीको हातपात- अस्ट्रेलियामा पुनः सयौं नेपाली विद्यार्थी समस्यामा (भिडियो)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३४४ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. काठमाडौंको बसपार्कमा बर्दिवाला गुण्डाको दादागिरी !
काठमाडौं । कार्यक्रममा काठमाडांै बसपार्क क्षेत्रमा रातको समयमा चिया बेच्ने व्यक्तिहरुलाई प्रहरीले धरपकड गर्ने गरेको भन्दै केही युवाहरुले गुनासो गरे । रातिको समयमा थर्मस बोकेर चिया बेच्दै हिँडदा पनि प्रहरीले थर्मस खोसिदिएको भने पछि हाम्रो टिम विहीबार राति उनीहरुले चिया बेच्दै गरेको स्थानमा पुग्याँै ।

२. एयरपोर्ट इमिग्रेसनका कर्मचारीको चरम लापरवाही !
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भित्र रहेको इमिग्रेसन डिपाटमेन्ट चरम लापरवाही हुने गरेको देखाउदै आएका छौं । केही दिन अघि मात्रै स्टुडेन्ट भिषामा साइप्रस जाने विद्यार्थीहरुलाई उनीहसँग भएको भिषा नक्कली भएको भन्दै इमिग्रेसनका कर्मचारीले रोकिदिए । विद्यार्थीहरुको भिषाका बारेमा हामीले काठमाडौंमा रहेको साइप्रसको काउसिलर डिपार्टमेन्टमा सोध्दा भिषा सक्कलीनै भएको भेटियो ।

३. पर्साका प्रमुख जिल्ला अधिकारीको आफ्नै नियम !
पर्सा । वीरगञ्ज (आईसिपि)–पथलैया निर्माणाधीन सडकमा मापण्ड विपरित ओभरलोड सवारी गुडिरहेका छन् । पर्साका सिडियो नारायणप्रसाद भट्टराईले यातायात व्यवस्था सम्बन्धी ऐन नै मिचेर आफ्नै नियम लागु गरेपछि निर्माणाधीन सडकको क्षमता भन्दा दोब्बर भारवहन गरेर सवारी आवागमन भैरहेको छ । जसका कारण सडकमा असर पर्न गएको विज्ञहरुले बताएका छन् ।

४. घुसलिने झापाको नापी कार्यालयका कर्मचारीले मागे माफी
झापा । नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको रिपोर्ट सीधाकुरा जनतासँगमा प्रशारण भएपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लेनदेन बारे चासो देखाउदै प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्