नेबिल ओभरसिज फुटबलको उपाधि डाँगीहाट बेलबारीलाई

सुनसरी, ३० असोज । सुनसरीको प्रकाशपुरमा सम्पन्न नेबिल ओभरसिज फुटबलको उपाधि डाँगीहाट बेलबारी मोरङले जितेको छ । प्रकाशपुर माविको खेल मैदानमा मंगलबार सम्पन्न फाइनलमा बेलबारीले गोधुली फुटबल क्लब धरानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा बेलबारीले अग्रता लिएको थियो ।

त्यसको केही मिनेटमै गोधुलीले गोल फर्काएको थियो । पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफको सुरूवात र अन्त्यतिर गोल थप्दै डाँगीहाट फुटबल क्लब बेलबारीले खेल जितेको हो । बिजेता टिमले ट्रफि सहित नगद १ लाख हात पारेको छ भने उपबिजेतामा चित्त बुझाएको धरानले ५० हजार प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट र आयोजक नेबिल ओभरिसज प्रालिकी प्रोपाइटर राधिका कटवालले पुरस्कार बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्