पार्टी नेतृत्व गलत स्वार्थ बोकेकाहरुको स्वार्थमा पर्लान कि भन्ने डर छः योगेश भट्टराई (भिडियो)

राष्ट्रिय मुद्दा बनेका हरेक सवालमा पेचिलो बन्दै पेश हुँदै आउनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता योगेश भट्टराई पार्टी एकताको संक्रमणकालीन अवस्थामा फाइदा उठाउन खोज्नेहरु पार्टी भित्र सक्रिय रहेको बताउनु भएको छ ।

उहाँले यस्ता व्यक्ति तथा समूहहरुले पार्टीलाई गलत दिशा तर्फ मोड्न खोजेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भएको छ । यही गलत स्वार्थ बोकेकाहरुको स्वार्थमा परेर अध्यक्षद्वयले गलत काम गिरिदिने हो कि भन्ने डर पनि उहाँलाई छ । न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डेमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै भट्टराईले भन्नु भयो ‘ तर अध्यक्षद्धयको मनोविज्ञानमाथि प्रश्न उठाउदिन ।

उहाँले पार्टी सचिवालय ‘भ्याट्रेन’ नेताहरुको समूहको स्तम्भ भएकोले यस्ले पाटीलाई न्याय गर्ने विश्वास गर्दै कार्यदलले बुझाएको फरक प्रतिवेदन असन्तुष्टि नभइ अधिकार भएको पनि प्रष्ट पार्नु भयो । भट्टराईले पार्टी सदस्य नै नलिएका व्यक्तिहरु प्रदेश कमिटीमा आइसकेको चर्चा गर्दै यो ‘बाइमिस्टेक’ भएकोले एकतालाई तल्लो तहसम्म बलियो बनाएर लान आवश्यक भइसकेको बताउनुभयो ।

सरकारको कार्यशैलीमाथि प्रश्न गर्ने ठाउँ नरहेको जिकिर गर्दै नेता भट्टराईले सरकार दुई तिहाइ बहुमतको भएपनि कसैसंग पनि गलत अर्थात प्रजातान्त्रिक मर्मत विपरित व्यवहार नगर्ने दावी पनि उहाँको थियो । नेता भट्टराईसंगको कुराकानी विस्तृतमाः

प्रतिक्रिया दिनुहोस्