कञ्चनपुरका महिलाहरु जडिबुटी व्यवसायमा लागेपछि दाम पनि सम्मान पनि (भिडियो)

सुदूरपश्चिम सरकारको बाचा पूरा नहुँदा फेरि लागे सुदूरपश्चिमवासीहरु भारततर्फ

१.रोजगारीका लागि भारत

कैलाली । प्रदेश सरकार गठन भएपछि धेरैमा असीमित इच्छा जाग्नु अस्वाभाविक थिएन पनि । त्यसमाथि प्रदेशको जिम्मेवारी लिएकाहरुले नै असीमित सपनाहरु बाँडे पछि प्रदेशवासीको चाहना बढ्नुलाई कुनै गल्ती मान्न मिल्दैन । सुदूरपश्चिमवासीमा यस्तै सपना पलायो ठीक एक बर्ष अघि । पलाएको उनीहरुको सपनाको फुलबारीमा मलजल नभई आश्वासन मात्र छर्किदा एक बर्ष वित्दै गर्दा उनीहरुमा चरम निराशा छाएको छ ।

आफ्नै देशको माटोलाई उर्वर बनाउने र देशमा नै पसिना बगाउने उनीहरुको चाहनामा तुषारापात हुँदा विर्सन खोजेका छिमेकी देशको कालापहाड तर्फ पाइला लम्कन थालेको छ । भारतमा नै लामो समय पसिना बगाएर फर्केर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले एक बर्ष अघि अब कसैले पनि भारत गएर मजदूरी गर्न नपर्ने भन्दै गरेको भाषण विर्सन मन नलागे पनि विर्सन बाध्य पारिदा सीमानाका हुँदै बाहिरिने युवाहरुको लर्को बढ्न थालेको छ ।

दुःखको भवसागरमा डुबेका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति पनि निराश बने प्रदेशवासी

२.मुख्यमन्त्रीको एक बर्ष

कैलाली । विदेशमा लामो समय घन बोकेका उनी स्वदेश फर्केर पनि गन बोकेर न्याय र स्वतन्त्रताका लागि भन्दै लडे । दुःखको डोरीमा उनिएको उनको जीवन अहिले सार्थक बनेको छ । अर्थात लामो राजनीतिक लडाई पछि उनले सुदूरपश्चिम प्रदेशको मुख्य मन्त्रीको जिम्मेवारी पाएका छन् । दुःखको दहमा पौडेका उनले दुःखको दहमा पौडिरहेका अन्यको उद्दार गर्ने आशा सबैले गरेका थिए ।

उनले पद र जिम्मेवारी सम्हाल्दा बाँडेका आश्वासन पनि कम घत लाग्दो थिएन । तर भट्टको भनाइ र गराईमा पनि फरकपन देखियो जो अन्यमा पनि देखिने गरिन्छ । आफ्ना नजिककालाई च्यापेको र योजना पनि आफ्नाहरुलाई बाँडेको संगीन आरोप उनीमाथि लागेको छ । जस्ले गर्दा प्रतिपक्षीले मसला पाए भने सुदूरपश्चिमवासीले निराशा ।

कञ्चनपुरका महिलाहरु जडिबुटी व्यवसायमा लागेपछि दाम पनि सम्मान पनि

३.व्यवसायिक जडिबुटी

कञ्चनपुर । नेपालको अथाह प्राकृतिक स्रोतमा जडिबुटी पनि मुख्य हो । यहाँको जडिबुटीमा नजर नलगाउने शायद कोही नहोलान । तर आफ्नै मुलुक भित्रको अथाह सम्पदा चिन्न नसक्दा आम नेपाली भने पछौटेपनबाट उठन सकेका छैनन् । तर सुदूरपश्चिमी जिल्ला कञ्चनपुरका महिलाहरुले भने जडिबुटीलाई आफ्नो आयआर्जनको मुख्य स्रोत बनाउन थालेका छन् जस्ले गर्दा उनीहरुको दिनचर्या मात्र फेरिएको छैन , समाजमा सम्मान पनि बढेको छ ।

कञ्चनपुरमा महिलाहरुले अहिले कैमोमाईलको खेती गरेर बार्षिक करोडौ रुपैयाँको तेल भारततर्फ निर्यात गर्न सफल भएका छन् । उनीहरुको यो उत्साहमा थोरै मात्र भएपनि हैंसे गरिदिने हो भने उनीहरुले सुदूरपश्चिमलाई मात्र नभइ राष्ट्रको समृद्धिको यात्रामा पनि भरथेग गर्न सक्ने प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस्