अनौठो महिला गाउँ, जहाँ पुरुष छिर्न पाउँदैनन्

काठमाडौं । सुन्दैमा अचम्म लाग्छ । यो दुनियामा यस्ता गाउँ पनि छन् जहाँ पुरुषलाई छिर्ने अनुमति नै छैन । गाउँमा जो छन् र राज्यअधिकार पनि महिलाकै छ ।

केन्याको उमोजा गाउँ दुनियाको एउटा यस्तो विचित्र गाउँ हो जहाँ पुरुषलाई छिर्न प्रतिबन्ध लगाइएको छ । बेलायती सेनाद्वारा बलात्कृत १५ जना युवतीले १९९० मा स्थापना गरेको गाउँ अचम्मको मात्र नभई अनुशरण गर्न योग्य छ ।

यो गाउँ अहिले पीडित महिलाको सामुहिक बसोबास गर्ने थलो बनेको छ । बाल विवाह, खतना प्रथा, बलात्कार तथा अन्य खाले यौनहिंसाबाट आफ्नो घर छाडेका युवती तथा महिलाहरु यो गाउँमा बस्न आउने गर्दछन् ।

जिविकोपार्जनका लागि घरेलु तथा कुटीर उद्योगमा निर्भर यो गाउँमा झण्डै २ सय जना बच्चाबच्ची छन् । पुरुषबाट भएको यौन हिंसाले गर्दा भागेर यो गाउँमा शरणमा आएका जो कोही पनि पुरुष देख्दा आक्रोशित हुने गर्दछन् ।

हिंसा र डरको अन्त्यसँगै स्नेह, सद्भाव र शान्तिपूर्ण समुदाय निर्माण गर्दै यो गाउँ अहिले नमुना गाउँ बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्