म्याडम ! अब थालमा सुन, जग्गाका लालपुर्जा, नोटका बिटा पस्किने ?

दसैकै सेरोफेरामा रहेर कुरा गर्दा सान्दर्भिक हुन्छ, होला । दसैंका धेरै विशेषतासंगै ठुला बाट आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिने प्रचलन पनि एउटा प्रमुख बिशेषता हो ।

वर्षाैदेखि उहि आशिर्वाद दिदा र लिदा कतै बोर त हुनु भएको छैन् । दुर्गा भवानीले रक्षा गरुन, उन्नती होस्, रोग नलागोस्, विद्या बढोस्, हिँड्दा ठेस नलागोस्, नुहाउदा केश न झरोस जस्ता आशिर्वादहरुसँगै एक दुई नयाँ आशिर्वाद पनि न थपि नहुने भएको छ ।

आफ्ना अविभावकले थरिथरिका कपडा, मनभोग मनग्य खानेकुर, खाम भरी दक्षिणा दिएको सबलाई मन पर्छ । सहि काम गरेर, ब्यापार ब्यवसाय गरेर वा कुनै पनि प्रकारको दुख परिश्रम गरेर आर्जन गरेको पैसाले क्षमता अनुसारको दसंै मनाउदा त मोज नै होला तर छिमेकीसँग प्रतिस्पर्धा गरेर सहकर्मीसँग प्रतिस्पर्धा गरेर वा साथी भाई नातागोताहरुको भन्दा तगडा दसैै मनाउने प्रतिस्पर्धा गर्दा नै चाडबाड भड्किलो हुदै गएको हो ।

प्राय जसो श्रीमती जीहरुले घर खर्च र घर व्यवहार सम्हाल्ने हाम्रो समाजमा श्रीमतीहरुले चाहे भने धेरै ठुलो परिवर्तन आउँछ । चाडबाडमा मात्र होईन अन्य बेलामा पनि मानिसले आफ्नै साइजमा रमाउने बानी बसाल्नु पर्छ । दुई किलो मासु फालाफाल हुने परिवारलाई घोर्ले खसी चाहिदै चाहिदैन तर अर्कालाई देखाउन इख्याउन हैसियत भन्दा माथि गएर खर्च गरिदिदा धेरै मानिसहरु परिवार धान्ननै गह्रो परेर घुस खान्छन् ।

पसलबाट दुई किलो मासु ल्याएको कसैले देख्यो भने लाज हुन्छ भन्ने अथवा इष्ट मित्र छर छिमेकीले के भन्लान भनेर डराउनेहरुको अझ सातो पुत्लो जाने एउटा कुरा भन्छु, सुन्नुहोस् है त । सरकारी कर्मचारीहरुका हकमा यो अझ बढी सान्दर्भिक र पेचिलो पनि हुनसक्छ ।

तलबले धान्नै नसक्ने जिवन शैलीले गर्दा खर्चको जोहो गर्न गलत काम गर्नै पर्ने हुन्छ । गलत कामको सहि नतिजा त मरिकाटे आउदैन् । ढिला वा चाँडो गलत काम गरि सम्पत्ति आर्जन गर्नेहरु अख्यिारको वा मिडियाको फन्दामा पर्छन पर्छन । जिन्दगी भरी अख्तियार र मिडियाको आँखा छल्न सक्ने चतुर चण्डाल आजसम्म कोही जन्मेको छैन् ।

अझै अर्काे कुरा, अख्यिारले समाउने पनि प्राय साना तिना कर्मचारीलाई नै हो । ठुला ठुलाहरु त कुरामा नमिल्दा एक युगमा एक पटक समातिने हुन् त्यहि पनि धरौटी मिलाईदिने क्षेरौटीहरु स्याउ स्याउती छन् । जसरी पनि निकाल्छन् ।

हजार लाखे धुस्याहाहरुनै हो बढी फन्दामा पर्ने । त्यसैले विशेषत श्रीमती ज्युहरुलाई अनुरोध छ । कृपया आफ्नो डिमाण्ड घटाउनु होला, तपाईको डिमाण्ड र तपाईको कमाण्ड चलिरह्यो भने एक दिन घरमा घोर्ले खसी होईन हतकडी आईपुग्छ ।

तलबले धान्न नसक्ने डिमाण्डका कारण नै यति खेर अख्यिारको खोरमा धेरै कर्मचारी प्रहरीहरु भेडा बाख्रा जस्तै कोचिएर बसेका छन् । दसंैको मौकामा चौका हान्न खोज्नेहरु धेरै भएर अख्यिारको हिरासत अटाई नअटाई भईसकेको छ । यसपालीको दशै मान्नेहरुका परिवारले अनावश्यक डिमाण्ड नगरिदिएको भए उहाँहरुले आफ्नो प्रियजन विना दशै मनाउनु पर्दैन थियो ।

करोड पर्ने घर छ, ठाउँ ठाउँमा जग्गा जमिन छन्, बैंक भरी पैसै पैसा छ, दराज भरी गहनै गहना छन् तर आफनो मान्छेलाई घुस खाएको आरोपमा हतकडी लगाएर पुलिसले लगेको छ । म्याडम, अब थालमा सुन पस्किने ?

जग्गाका लालपुर्जा पस्किने ? नोटका बिटा पस्किने ? हातमा दुई किलो मासु झुण्डाएर ल्याउन लाज लागेको थियो तर हतमा हतकडी लगाएर आफन्त जेल गएको कसरी हेर्नु भो ?

कुन ठुलो ? घोर्लै खसीकी इज्ज्त ? यो समस्या कुनै पनि घुस्याहाको घरमा पर्न सक्छ त्यसैले सावधान । टिका आउन केही दिन मात्र बाँकी छ यसपाली आशिर्वाद दिदा र लिदा उहि रेगुलर दीर्घायु होस्, रोग नलागोस्, हिड्दा ठेस र नुहाउँदा केशवाला आशिर्वाद भट्याउने होईन । भ्रष्ट्राचार गरेको पैसाले एक दाना अन्न, एक घुट्को पानी र एक धर्काे लुगा पनि लगाउन नपसोस् भनौ ।

अर्कालाई ठगेर, लुटेर, मारेर, रुवाएर, खोसेर, चोरेर ल्याएको पैसा बैंंकमा राखेर अनि त्यसैलाई साटेर दक्षिणा भन्दै खाममा हाल्ने काम म बाट कहिले पनि नहोस् भनि आशिर्वाद मागौ, आशिर्वाद दिउ है । ओके छ होईन त । मुख अध्यारो नपार्नुस् सत्य यो भन्दा पनि निर्मम हुनसक्छ । हप्पी दसैं ।

प्रतिक्रिया दिनुहोस्