माइक्रोसफ्टका सहसंस्थापक पावल एलनको निधन

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक पावलले एलनको निधन भएको छ ।

२१ जनवरी १९५३ मा जन्मिएका एलन सोमबार ६५ वर्षको उमेरमा मृत्यु भएको हो । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरेका थिए ।

एलनको मृत्यु भएकोमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गहिरो दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भने, ‘एलन नभएको भए आज संसारमा व्यक्तिगत कम्प्युटर (पीसी) को अस्तित्व असम्भव थियो ।’बहिनी जोडीले एलनको मृत्युको पुष्टि गरेकी हुन् । ब्लड क्यान्सरकै कारण सन् १९८३ मा एलनले माइक्रोसफ्ट छाडेका थिए ।

एलन उपचारपछि पुनः प्रविधि दुनियाँमा आएका थिए । उनको मृत्यु होज्किन्स लिम्फोमा नामक ब्लड क्यान्सरबाट भएको विभिन्न सञ्चार माध्यमले जनाएको ।

प्रतिक्रिया दिनुहोस्