नाइजेरिया: बन्दुकधारीको हमलाबाट ३२ जनाको मृत्यु

एजेन्सी । उत्तर नाइजेरियामा अज्ञात बन्दुकधारीको हमलामा परी ३२ जनाको मृत्यु भएको छ भने कयौ घाइते भएका छन् ।नाइजेरिया फेरि हिँसाको शिकार बनेको छ ।

हमलामा परी घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । हमलामा कुन संगठनले साथ दिइरहेको छ भन्ने थाहा पाउन सकेको छैन । जामफारा राज्यको शिनकाफी जिल्लाकाे क्वारे भन्ने गाउँ नजिकै केही अज्ञात मोटरसाइकलमा सवार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

स्थानीयका अनुसार हमलापछि उक्त ठाउँमा ३२ जनाको शव भटिएको थियो । केही व्यक्ति हराएको हुनाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका स्थानीयले गरेको छ । जामफारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले हमलाको पुष्टि गरेका हुन् ।

बन्दुकधारी फौजी बर्दीमा रहेको स्थानीयले बताएको छ । केही दिन पहिला उक्त क्षेत्रका चार गाउँमा भएको आतंक हमालामा २७ जनाको ज्यान गएको थियो । जसमा ४ सय जनाले हमला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्