भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएको छ । उहाँ विगत तीन हप्तदेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचाररत हुनुहुन्छ ।

ह्याम्स अस्पतालका अनुसार अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । मुटु र फोक्सोको समस्या भएपछि अधिकारी अस्पतालमा भर्ना भएका थिए ।

अधिकारीलाई भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिरहेको अस्पतालले जनाए । पत्रकार सम्मेलन गर्दै अस्पतालले उहाँलाई बचाउन सकिने सम्भावना कम रहेको जनाएको हो ।

वितेको २४ घण्टादेखि अधिकारीलाई पिसाव नभएको र उहाँको महत्वपूर्ण अंगहरुले काम गर्न छोडेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्