तान्जानियामा रहेको नैट्रान तालमा पुग्ने जीवजन्तु ढुंगामा परिणत हुन्छन् !

काठमाडौं । विश्वमा यस्तो एउटा ताल छ, जसको नजिक पुग्ने जीवजन्तु पनि ढुङ्गामा परिणत हुन्छन् । सुन्दा अचम्म लाग्छ । उत्तरी तान्जानियाको एउटा तालमा यस्तै हुन्छ ।

यो हो नैट्रान ताल, उत्तर तान्जानियामा रहेको छ । नैट्रान तालमा रहेको क्षरीय पानीको पीएच १० दशमलव ५ बराबर छ । यति धेरै क्षारको कारण यहाँ पुग्ने सबै जनावरको छाला र आँखा जल्ने गर्छन् । पानीमा यति धेरै क्षार सोडियम कार्बोनेट र अन्य खनिजबाट आउने गर्छ । यो आसपास रहेका पहाडबाट तालमा आउने गर्छ ।

पूर्वी अफ्रिकामा गायब भइरहेका जनावरबारे लेखिएको किताब ‘अक्रस द रवाजेड ल्याण्ड’मा उल्लेख गरिएअनुसार तालमा रहेको अत्यधिक रिफ्लेक्टिभ नेचरको कारण उनीहरु दिग्भ्रमित हुन्छन् र यसैको कारण उनीहरु ढुङ्गा बन्न पुग्छन् । यो तालको पानीमा नुन र सोडाको मात्रा अत्यधिक छ । पानीमा रहेको अत्यधिक सोडा र नुनले यी पंक्षीहरुको मृत शरीर सुरक्षित राख्छ ।

तालको तापमान ६० डिग्रीसम्म पुग्ने गरेको छ । यो पानीमा ज्वालामुखी विष्फोटको क्रममा पाइने तत्व पनि पाइन्छ । यसको प्रयोग मिस्रवासीले शवलाई सुरक्षित राख्न प्रयोग गर्ने गरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्