सरकारी चिकित्सक संघको माग पूरा हुने ,आन्दोलन स्थगित

काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघको माग पूरा गर्ने आश्वासन दिनुभएपछि आन्दोलन स्थागित भएकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगाएतको उपस्थितीमा भएको वार्तामा चिकित्सक संघको माग पूरा हुने भएको हो । विज्ञप्तिका अनुसार ‘प्रधानमन्त्रीकाे प्रतिवद्धता कार्यान्वयन हुने विश्वाकाे साथै नागरिककाे स्वास्थ्यलाई मध्यनजर गर्दै नयाँ निर्णय नभएसम्म आन्दोलन स्थगित गरेको छ ।

सरकारी चिकित्सकको माग पूरा नभए संघ पुनः कडा आन्दोलनमा उत्रने संघको विज्ञप्तिले जनाएको छ। चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्