घट्दो अवस्थामा नेप्से परिसूचक, कारोबार रकम प्रभावित

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से घटेको छ । लामो समय देखि घट्दो क्रममा रहेको बजारमा आइतबार पनि शेयरको माग भन्दा विक्रीचाप उच्च भएकाले परिसूचक घटेको हो ।

शेयर बजारमा परिसूचक नेप्से झण्डै ५ अंकले घटेको छ । कारोबार खुलेदेखि नै घट्दो क्रममा रहेको परिसूचक ११ सय अंक नजिक पुगेर बन्द भएके छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । बैंक तथा वित्तीय बजारमा तरलता अभाव भइराखेका बेला पूँजी बजारमा लगानीयोग्य रकमको अभाव देखिएको छ जसको प्रभाव शेयर बजारमा देखिएको हो । आइतबार १ सय ७४ कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोे छ ।

होटल र जीवन बीमा कम्पनीहरुको बाहेक सबै समुहका परिसूचकहरु घटदा नेप्से दबाबमा देखिएको हो । नेपाल लाइफ भइन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ बारबरको कारोबार भएको छ भने नबिल बैंकको पनि १ करोड भन्दा माथि कारोबार भएको छ । भार्गव विकास बैंकका शेयरधनीले ५ दशमलव ८४ प्रतिशतले कमाएका छन भने सिन्धु विकास बैंकका शेयधरनीले ८ दशमलव ७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्