सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघले फाइन गुणस्तरको सुन शुक्रबारको तुलनामा ५ सय रुपैयाँले घटेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । तेजावी सुनपनि ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदी १० रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

पछिल्लो समय डलरमा आएको गिरावटले अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको थियो । तर केहीदिन यता मूल्य घटन थालेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्