शिवरात्रीकाे दिन १० रुटमा गाडी चलाउन नपाइने

काठमाडौँ । महाशिवरात्रीको समय गौशाला क्षेत्रमा गाडी चलाउन नदिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशालाको १० रुटमा सोमबार बिहानदेखि गाडी चलाउन नपाइने भएको छ ।महाशिवरात्रीको दिन पशुपति क्षेत्रका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी परिचालित हुने ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

ट्राफिक महाशाखाका अनुसार चावहिल हुँदै गौशाला , पुरानो बानेश्वर–गौशाला लगाएतको दश रुटमा गाडी निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्