रणवीरको ‘सिम्बा’को रिकर्डलाई तोड्दै विक्की कौशलको ‘उरी’, ८ औं सातामा आइपुग्दा कति कमायो ?

एजेन्सी । गत ११ जनवरीबाट दर्शकमाझ रिलिजमा आएको आदित्य धर निर्देशित फिल्म ‘उरी’ ८ औं सातामा प्रदर्शनरत छ । यो फिल्मले बक्स अफिसमा अझैं पनि राम्रो कमाई गरिरहेको छ । ‘उरी’ फिल्मसँगै ठूलो बजेटका फिल्म जैसे टोठल धमाल, लुक झुप्पी, गल्ली ब्वाई लगाएत रिलिजमा आएका थिए ।

तर यी फिल्महरुले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । विक्की कौशलको फिल्मले चाँडै नै रोहित शेट्टीको निर्देशनमा बनेको ‘सिम्बा’को लाइफ–टाइम कलेक्शनको रेकर्ड ब्रेक गर्न जाँदैछ ।

‘उरी’ फिल्मको कहानी २०१६ मा भएको सर्जिकल स्ट्राइकको सत्य घटनामा आधारित छ । यो फिल्मको विषयले नै राम्रो कमाई गर्छ भन्ने आँकलान गरिएको थियो । तर कसैले पनि ४५ करोडको बजेटमा बनेको यो फिल्मले २३८ करोडको कलेक्शन गर्छ भनेर कसैले पनि आँकलन गरेका थिएनन् ।

यो फिल्म कुनै पनि होलि–डे र पर्वहरुको अवसरमा रिलिज गरिएको थिएन, तर पनि फिल्मले बक्स अफिसमा शान्दार ब्यापार गरेको छ । ट्रेड एनालिष्ट तरण आदर्षले ट्वीट गर्दै ‘उरी’ फिल्मको आँकडाको जानकारी दिएका छन् ।

सिम्बा र उरीको कमाईको तुलना गर्ने हो भने २८ डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आएको रणवीरको लाइफ टाइम कलेक्शन २४० करोड रहेको छ । त्यस्तै ८ औं सातामा प्रदर्शनरत फिल्म उरीले पनि २३८ करोडको कलेक्शन गरिसकेको छ ।

रणवीरको सिम्बा ८० करोडमा बनेको थियो, भने विक्की कौशलको ‘उरी’ ४५ करोडमा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्