ग्यास बिक्रीवितरण नराेक्न व्यवसायीलाई निगमकाे अग्राह

काठमाडौं । ग्यास व्यवसायीहरुको माग चाँडै सम्बोधन हुने भएको छ । नेपाल आयल निगमले व्यवसायीलाई ग्यास विक्रीवितरणको कामलाई निरन्तरता दिन अग्राह गरेको छ ।

एलपी व्यवसायीहरुको माग सम्बोधनका लागि अधिकार सम्पन्न समिति गठन भइसकेको र वार्ताका लागि आहृवान समेत गरिसकेकाले अत्यावश्यक वस्तुको बिक्रीवितरण रोक्न नदिन निगमले विज्ञप्ति जारी गरिएको छ ।

नेपाल आयल निगमले वार्ताबाट समस्या समाधान गर्ने भन्दै आन्दोलन फिर्ता लिन एलपी ग्यास व्यवसायीहरुलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो । एलपी ग्यास उद्योग संघले कमिसन वृद्धि लगायतका १० बुँदे माग राखि हड्तालमा उत्रिने चेतावनी दिएपछि निगमको ध्याना ग्यास व्यवसायीहरुमा केन्द्रित भएको छ।

सरकारले व्यवसायीहरुको माग सम्बोधन गरेन भने फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्द गर्ने व्यवसायीहरुकाे याेजना रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्