बैंक सञ्चालक र उद्योगीलाई छुट्याउनेगरी बाफियामा संसोधन गर्ने तयारी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ब्याजदर र तरलताको समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक बाफियामा संसोधन गर्ने तयारी गरेको छ । बैंक सञ्चालक र वित्तीय स्वार्थ भएका व्यक्तिलाई समेत छुट्याउने गरी बाफिया संसोधन हुने सम्भावना बढेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरु र बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई अलग गराउने व्यवस्था गर्न लागेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०५८ मा तेस्रोपटक संसोधन गर्न बनाउन लागिएको विधेयकमा सञ्चालकको योग्यताका विषयमा विद्यमान व्यवस्थामा परिवर्तन गर्न लागिएको बताइएको छ । नयाँ व्यवस्था अनुसार सञ्चालकको उमेर र योग्यताका आधारमा सञ्चालक छानिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

त्यस्तो उमेरहद सञ्चालक भएको अवस्थामा ७४ वर्ष भन्दा बढी हुन नहुने व्यवस्था गर्न लागिएको छ । कुनैपनि कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएमा उक्त कम्पनीमा १० प्रतिशत शेयर हुने व्यक्ति वित्तीय स्वार्थ भएको व्यक्ति मानिएकाले त्यस्तो व्यक्ति सञ्चालक बन्न अयोग्य हुने छ । पछिल्लो समय ऋणि समुदाय र बैंक सञ्चालक एकवटै व्यक्ति हुँदा वित्तीय क्षेत्र प्रतिस्प्रधात्मक बन्न सकेको छैन् ।

जसले गर्दा केन्द्रिय बैंकले अबलम्बन गर्दै आएका कतिपय नीतिहरु असफल भएको छ । यसले तरलता, ब्याजदर, मुद्रास्फीति लगायतका विषयमा समस्या अइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्