डोनाल्ड ट्रम्पद्वारा फेडरल रिजर्भको पछिल्लो नीतिको आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भको पछिल्लो नीतिको आलोचना गरेका छन् ।

उनले केन्द्रिय बैंकको कसिलो मौद्रिक नीतिका कारण डलर मजबुत हुनपर्नेमा अमेरिकी अर्थतन्त्रमा चोट पु(याएको बताएका छन् । उनले शनिबार ‘एनुअल कन्र्जभेटिभ पोलिटिकल एक्सन कन्फ्रेनस’लाई सम्बोधन गर्दै बलियो अमेरिकी डलर चाहेको बताएका हुन् ।

कमजोर मुद्राका कारण समान्यतया निर्यातमा अत्यधिक असर हुने बताउँदै ट्रम्पले गतवर्ष केन्द्रिय बैंकले ब्याजदरमा बढाएको वृद्धिले वित्तीय बजारमा अस्थिरता ल्याएको उल्लेख गरे । यसले अर्थतन्त्रमा चिन्ता बढाएको छ । उनले अमेरिका र चीनबीचको अन्तर्रा्ष्ट्रिय वृद्धि र व्यापारिक युद्धका विषयमा समेत टिप्पणी गरेका छन् ।

पछिल्लो समय ट्रम्पले अर्थतन्त्रका विषयहरुलाई आफ्नो राजनीतिक मुद्धाहरु बनाउने प्रयास गरेका छन् । सोही अनुसार उनले फेडरल रिजर्भ र त्यसका अध्यक्ष जेरोम पावेलको बारम्बार आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्