इङलिस प्रिमियर लिग – लिभरपुल र एभर्टनबीचको खेल गोलरहीत बराबरीमा टुंगियो

काठमाडाैं । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको लिभरपुल र एभर्टनबीचको खेल गोलरहीत बराबरीमा टुङिगएको छ ।

गोलरहीत बराबरीसँगै लिभरपुललाई उपाधि दौडमा धक्का लागेको छ । प्रिमियर लिगमा शीर्ष स्थानमा म्यानचेस्टर सिटी रहेको छ । २९ खेलबाट सिटीको ७१ अंकका भएको छ । बराबरी खेलपछि लिभरपुल ७० अंकका साथ दोस्रो स्थानमा अड्किएको छ । यो खेलपछि डिसेम्बर ७ पछि पहिलो पटक सिटीले बराबरी खेलपछि लिभपुलरभन्दा सिटीका अंक पहिलो पटक बढी भएको हो । गोलरहीत बराबरीपछि एभर्टन ३७ अंकका साथ दसौ स्थानमा कायम रहेको छ ।

त्यसैगरी गए राति भएको अन्य खेलमा वाटफोर्डले लेस्टरलाई २–१ र चेल्सीले फुलह्यामलाई २–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्