उत्तर कोरियालाई निशस्त्रिकरण गर्न अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास नगर्ने

काठमाडाैं । अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन । उत्तर कोरियालाई आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास नगर्ने निर्णय गरेको उनीहरुले बताएका छन् ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए पनि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास स्थगित गर्ने गरेका हु । सो शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन । दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन । वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ ।

उत्तर कोरियाले यो सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्