परमाणु हतियारको मोह नछाेडे उत्तर कोरिया बर्बाद हुने: अमेरिका

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ – अनबीचकाे दास्रो शिखर वार्ता हनोईमा भएकाे थियाे । उक्त शिखर वार्तापछि उत्तर कोरियाले आफ्नो परमाणु हतियारको मोह नछोडे उत्तर कोरियाको आर्थिक अवस्था बर्बाद हुने अमेरिकाले जनाएको छ ।

अमेरेकाले उत्तर कोरियासंग परमाणु हतियार नष्ट गर्नु बाहेकको अर्को दोस्रो विकल्प नभएको बताएको छ । किम र ट्रमबीच हनोईमा भएको शिखर वार्ता कुनै पनि नतीजा विना नै सकिएको थियो । किमले उक्त वार्तामा अमेरिकाले उत्तर कोरियामा लगाएको सबै प्रतिबंध फिर्ता गरोस भन्ने चाहान्थे तर अमेरिका भने उक्त कुरामा तयार नभएको जनाइएको छ।

अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति नभएपछि ट्रम्प र किमबीचको शिखरवार्ता सहमति भनइ टुङ्गिएको थियो। ट्रम्प र किमबीचको शिखरवार्ता पहिलो पटक सिंगापुरको सेन्तोसामा भएको थियो ।

दोस्रो वार्ताको नतिजा आउनेमा पूरै दुनियको ध्यान ट्रम्प र किममाथि गएको थियो । तर त्यस्तो भएन र विना निस्कर्षमै वार्ता टुंगिएको थियो । तेस्रो शिखरवार्ताको कुनै योजना नबनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्