गाँजाको अत्याधिक सेवनबाट मानसिक रोगको सम्भावना बढी

  • रिया भण्डारी

काठमाडौँ । महाशिवरात्रिसँगै जोडिएर आउँछ–गाँजा, भाङ र धतुरो । भगवना शिवले गाँजा, भाङ, धतुरो सेवन गर्ने किंवदन्ति रहँदै आएको छ । अत्यधिक सेवनले शिवरात्रि जस्तो पवित्र पर्वको महत्वलाई धुमिल बनाउने गरेको छ । धेरै गाँजा सेवनले मानसिक स्वास्थ्यमा समेत असर गर्दछ ।

वैज्ञानिकका अनुसार एउटा गाँजाको विरुवामा झण्डै ४ सय रसायनिक तत्व हुन्छन् । यिनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा प्रत्यक्ष असर पु¥याउँछ । गाँजालाई धुवाँको माध्यामबाट तानिने भएकाले यसका रासायनिक तत्व तेजीका साथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । यसले दिमागका महत्वपूर्ण भागमा पुगेर मानिसको भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछ । गाँजाको लामो समय सेवनले व्यक्तिमा मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ ।

मानब मस्तिस्कमा प्राकृतिक रुपमा पाइने क्यानाविनोइड भन्ने रसायन हुन्छ । जसले विचार र सोचाईलाई तेजिलो र तिखो बनाउने काम गर्छ । गाँजामा पनि ६० भन्दा बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । गाँजा सेवन गर्दा ती रसायन धुवाको माध्यम हुँदै मस्तिष्कमा जान्छ । जसमध्ये टेट्रा हाइट्रो क्यानाबिनोल प्रमुख हो । गाँजामा पाइने यो क्यानाबिनाइड रसायनले बाहिरी वातावरण प्रभावलाई खुम्च्याएर आफ्नो प्रभावलाई फैलाउँछ । जसका कारण मानिस एकाग्र बन्न पुग्छ । त्यहि अवस्थालाई नसा लागेको भनिन्छ । क्यानाबिनोइडले निन्द्रा, भोक, प्यास, भावनामा पनि प्रभाव पार्छ ।

अष्ट्रेलियामा सात वर्षसम्म गरिएको एक अध्ययनले नियमित ३ बर्ष गाँजा सेवन गर्ने युवामा डिप्रेसन या आत्तिने रोग गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखिएको थियो । डेनमार्कमा गरिएको अनुसन्धानले गाँजा सेवन गरेर छोडेका ७५ प्रतिशतलाई एक वर्ष भित्रमै फेरि पागलपनको रोगले च्याप्ने संभावना बढेको पाइएको छ । त्यसो त गाँजा एक जडीबुटी भएकाले औषधीय गुण पनि हुन्छ गाँजामा क्यान्सर रोगमा प्रयोग गर्न मिल्ने औषधीय गुण समेत छ । तर यसको मात्र प्रयोग बिधिले प्रभाब पार्छ ।

प्रतिक्रिया दिनुहोस्