महाशिवरात्री र सेना दिवसबीच के सम्बन्ध छ र ? (भिडियाे)

काठमाडौँ । नेपालमा मनाइने हरपर्वको आफ्नै बेग्लै विशेष धार्मिक, साँस्कृतिक, सामाजिक एवम् ऐतिहासिक महत्व छ । महाशिवरात्रिलाई पनि धार्मिकसँगै साँस्कृतिक एवम् सामाजिक सहिष्णुतासँगै सद्भाव वृद्धिको पर्वका रुपमा व्यख्या गरिएको छ । र, महाशिवरात्रि पर्वकै दिन नेपाली सेनाले भव्यसँग ‘सेना दिवस’ मनाउदै आएको छ ।

शिवरात्रिकै दिन हरेक वर्ष नेपाली सेनाले स्थापना दिवस मनाउने परम्परालाई निरन्तरता दिँदै आएको छ । स्थापना दिवसको अवसरमा नेपाली सेनाले विभिन्न सैन्यकौशल प्रदर्शन गर्ने गर्छ जुन निकै रोचक हुन्छ । मितिमा हिसाबले ‘नेपाली सेनाको स्थापना कहिले भएको ?’ भन्ने यकिन नभए पनि तिथिका आधारमा महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिएको हो ।

नेपाली सेना स्थापनाबारे फरक–फरक दाबीबीच शिवरात्रिलाई एक औपचारिकतामा दिवसका रुपबाट मनाइँदै आएको छ । तर, सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपालको सेना मैदानमा उत्रिँदासम्म दक्षिण एशियाका अरु देशमा आप्mनो सैनिक संरचना नभएकामा नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

नेपाली सेना नेपालको सुरक्षा संगठनात्मक इतिहासको सबैभन्दा बलियो र कुशल संगठनका रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्