लगातार तीन घण्टा विमान चलाएका अस्ट्रेलियाका एक पाइलटले पेशाप्रति माने दिक्क

एजेन्सी । विमान चालक, आकर्षक पेसाका रुपमा रहने गरेको छ । धेरैका लागि पाइलट बन्नु सहज हुँदैन । तर यो जागिर बाहिरबाट देख्दा जति ग्लामरस देखिन्छ, पाइलट स्वयंका लागि भने निकै दिक्कलाग्दो हुँदो रहेछ । हालै एकजना अस्ट्रेलियाली पाइलटले यसको उदाहरण पेस गरेका छन् ।

परीक्षण उडानका क्रममा लगातार ३ घण्टासम्म आकाशमा रहनुपर्दा ती पाइलट यति दिक्क भएछन् कि उनले आकाशमै रहेको बेला लेखे, ‘मलाई निकै बोर लागिरहेको छ ।’ केही दिनअघि अस्ट्रेलियाको एडिलेटमा पाइलट तालीमका क्रममा परीक्षण उडान चलिरहेको थियो । त्यसक्रममा डायमण्ड स्टार जहाज झण्डै ३ घण्टासम्म आकाशमा उडाउनु पर्दथ्यो । त्यो पनि समान उचाई र गतिका साथ । तर, जहाज उडाइरहेका एकजना पाइलटलाई दुई घण्टापछि नै दिक्क लाग्न थाल्यो ।

त्यसपछि उनले जहाजभित्रै दक्षिण अस्ट्रेलियाको आमन क्षेत्रको दृश्यलाई बनाएर त्यसमा रोचक चित्र तयार पारे । अनि सोही क्यानभासमा लेखे, ‘आइ एम बोर्ड’ । आकाशमा दिक्क मान्ने ती पाइलटको नाम चाहीँ खुलाइएको छैन । तर उनी एकजना पाका उडान प्रशिक्षक थिए । उनले बनाएको त्यो चित्र सोसल मिडियामा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्