नयाँ रिलेसनशीपलाई लिएर उत्सुक कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत नयाँ रिलेसनशीपलाई लिएर उत्सुक छिन् ।

पछिल्लो समय ऋतिक रोशनसँगको प्रेम सम्बन्ध र त्यसले सार्बजनिक रुपमा ल्याएको विवादपछि सिंगल रहेकी कंगनाले आफ्नो जीवनमा कसैको प्रवेश भएको भन्दै नयाँ रिलेसनशीपबारे खुलासा गरेकी छन् यद्यपी उनले त्यो ब्यक्ती को हो नाम भनिसकेकी छैनन् ।’एक्लोपन हटेको छ त्यसैले म हर्षित छु’ कंगनाले भनिन् ।

बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध जाे काेहीसँग लामाे समय टिक्न नसक्ने जानकारहरू बताउँछन्। एक समय अभिनेत्री कंगना र अभिनेता ऋतिक रोशनको सम्बन्ध राम्रो थियो ।आफू र ऋतिक रोशन प्रेम सम्बन्धमा रहेको कंगनाले मिडियालाई खुलासा गरिन् । यही विषयलाई लिएर कंगना र ऋतिकबीच विवाद बढ्यो र सम्बन्ध चिसियो । जसका कारण उनीहरूबीच बोलचाल नै बन्द भयो ।

त्यस्तै अभिनेता आदित्य पन्चौली र अभिनेत्री कंगना रिलेसनशीपमा थिए । उनीहरूको प्रेमले बलिउडमा निकै चर्चा पाएको थियो । त्यो प्रेम सम्बन्ध पनि लामो समय टिक्न पाएन ।

हरेक प्रेम सम्वन्धले निरश र एक्ली बनेकी कंगनाले भनेकी छिन् ‘पछिल्लो समय मेरो जिन्दगीमा कोही खास छ जसले मलाई नौलो अनुभव भइरहेको छ । म आज जुन स्थानमा छु त्यहाँ पुर्‍याउन कसैको साथ जरुरी थियो’। ‘आजसम्म आइपुग्दा मेरा कयौं अफेयर चले । प्रत्येक ब्रेकअप पछि लाग्थ्यो अब मेरो लभ लाइफ सकियो तर पछिल्लो केही महिनामा फेरि प्रेम पलाएको छ । ‘

कंगना अभिनित पछिल्लो फिल्म ‘मणिकर्णिका’ (द क्वीन अफ झासी)ले बक्स अफिसमा धमाका मच्चाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्