इमरानले भने- ‘नाेबेल पुरस्कारका लागि म याेग्य छैन, जसले काश्मिरी विवाद अन्त्य गर्न सक्छ उहीँ याेग्य हुनेछ’

एजेन्सी ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने कुरा उठिरहँदा उनी आफैँले भने सो पुरस्कारका लागि आफू योग्य नरहेको बताएका छन् ।

हालै भारत प्रशासित काश्मिरमा भएको आतंकवादी हमलापछि भारत तथा पाकिस्तानबीच बढेको तनाव साम्य पार्नका लागि इमरानले सुझबुझपूर्ण निर्णय दिएको भन्दै उनको प्रशंसा भइरहेको छ । विशेषरी पाकिस्तानको आकाशबाट खसालिएको भारतीय वायुसेना विमानका चालकलाई नियन्त्रणमा राखेर पनि सकुशल फिर्ता गरेको घटनापछि इमरान धेरैको नजरमा परेका छन् । भारतीय पाइटल अभिनन्दन वर्तमानलाई उनको देश फिर्ता पठाएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अभियान चलाइएको छ ।

यसरी तत्कालीन घटनाकै अधारमा अभियान चलाउनेहरुले ‘इमरानले भारतसँग युद्धको सम्भावनालाई टारे, जुन क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण कदम हो’ भन्ने तर्क अघि सारेका छन् ।

तर इमारानले भने नोबेल पुरस्कारको आफू दाबेदार नरहेको बताएका छन् । उनले आफ्नो ट्विटरमा लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउनका लागि योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरी जनताको भावना तथा इच्छाअनुसार कश्मीर विवादको अन्त्य गराउनेछ र यो उपमहाद्वीपमा शान्ति एवम् मानव विकासका लागि मार्गप्रशस्त गर्नेछ ।’

https://twitter.com/ImranKhanPTI/status/1102438232241987589?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1102438232241987589%7Ctwgr%5E363937393b636f6e74726f6c&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews-47442812

इमरानको पछिल्लो निर्णय र कदमहरुले उनी हिरो नै कहलिन थालेका छन् । हाल पाकिस्तानमा कैयौँले आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अनलाइन हस्ताक्षरलगायतका अभियान शुरू गरेका छन् । सो अभियानमा ३ लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेको जनाइएको छ ।

Image result for अभिनंदन

हवाइ हमला गर्न आएका भारतीय सैन्य पाइलटलाई सकुशल रिहा गरेर छिमेकी भारतसँगको तनावलाई मत्थर पार्न र शान्तिका लागि वातावरण साम्य पार्नमा एक ठूलो नेताको भूमिका इमरानले निभाएको उनीहरुले तर्क गर्ने गरेका छन् ।

यति मात्र होइन प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुस्कार दिइनुपर्ने पक्षमा पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले संसद्‌मा एउटा प्रस्ताव नै पेश गरेका छन् । दुई छिमेकी मुलुकबीचको तनाव कम गर्ने दिशामा इमरानले अप्रत्याशित भूमिका निर्वाह गरेको उनको तर्क छ ।

यस क्षेत्रमा द्वन्द्व चुलियो भने त्यसले उग्र रुप लिनसक्ने विश्लेषण भइरहेका बेला इमरानले सुझबुझपूर्ण निर्णय लिँदै भारतलाई वार्ताको टेबुलमा बसौँ भन्ने आग्रह समेत गरेका छन् ।

आणविक शक्तिसम्पन्न मुलुक भारत र पाकिस्तानबीच कश्मीरलाई दिएर पटकपटक विवाद भइरहेको छ । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच पछिल्लो तनाव शुरू भएको थियो ।

सो हमलामा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश-ए-मोहम्मदको हात रहेको बताउँदै भारतले उक्त संगठनका अनुमानित तालिम केन्द्र भन्दै पाकिस्तानी क्षेत्र बालाकोटमा हवाइ हमला गरेको थियो । पाकिस्तानले जवाफी कारबाहीमा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो र एकजना उसका पाइलटलाई नियन्त्रणमा लिएको थियो । तर इमरानको पछिल्लो निर्णयले भारतले गर्न सक्ने सम्भावित कारबाहीका लागि समेत अप्ठेरो पारिलिएको छ ।

प्रतिक्रिया दिनुहोस्