कांग्रेस विवाद : सहमति विपरित केन्द्रीय कार्यसमितिको विधान पास गरेकोमा जिल्ला सभापति असन्तुष्ट

काठमाडाैं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठक भन्दा विपरित गएर केन्द्रीय कार्यसमितिको विधान पास गरेपछि आक्रोशित बनेका छन् ।

महासमितिको बैठक विपरित कार्यसमितिले केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेपछि जिल्ला सभापति रुष्ट बनेका हुन् ।

महासमितिमा सभापतिहरुले केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने माग राखेका थिए । तर, सहमति उल्लंघन भएको भन्दै जिल्ला सभापतिले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । यी दुई विषयलाई लिएर महासमिति सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता गरेका छन् ।

५६ जिल्ला सभापतिले मिलेर जारी गरिएको विज्ञप्तिमा निर्णय सच्याउन आग्रह गर्दै नसच्याएमा विशेष महाधिवेशनका लागि पहल थालिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्