फिल्म ‘हेल्लो जिन्दगी’ मा भित्रिन् श्वेता खड्का

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले फिल्म ‘हेल्लो जिन्दगी’ साइन गरेकी छन् ।

यो फिल्मलाई निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्नेछन्। श्वेताले ‘कान्छी’ फिल्म पछि नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा हात हालेकी हुन् ।

सिर्जना जोशीले निर्मान गर्न लागेको यो फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेन भएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

बिहीबार साँझ औपचारिक रुपमा निर्माण टिमसँग फिल्म साइन गरेको श्वेताले बताइन् । यतिबेला श्वेता माझी बस्ती निर्माणको अन्तिम तयारीमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्