निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश

काठमाडौं । निर्वाचन आयोगका आयुक्त डा.अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

आयुक्त डा. यादवले मंगलबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीमाझ वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।

शिष्टाचार भेटः
राष्ट्रपति विद्यादेवी भण्डारीलाई Mr. Tobias Pfluger नेतृत्वको जर्मन संसदीय प्रतिनिधि मण्डलका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । यसै अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गर्नुभएको छ ।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालका लागि जर्मनीका राजदूत समेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्