सुनुवाई समितिद्वारा चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन

काठमाडौं, २१ फागुन । संसदीय सुनुवाई विशेष समितिले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा सान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयीकुमार दत्त तथा थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो ।

चार अध्यक्षको नाम अनुमोदनका लागि कुनै पनि उजुरी नपरेपछि समितिले अनुमोदन गर्दै राष्ट्रपतिलाई नियुक्तिका लागि सिफारिस गरेको सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण जानकारी दिनुभयो ।

यता, मुस्लि आयोगमा सिफारिस समिममिया अन्सारीको सन्दर्भमा भने समिति अझै अनिर्णित छ । प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै बैठक बहिस्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्