नेकपालाई चोटमाथि चोट, पूर्वसांसद गणेश पण्डितको हृदयघातबाट निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । पण्डितको निधन ७२ वर्षकाे उमेरमा हृदयघातबाट भएको हो ।

गणेश पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको थियो । हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउने क्रममा पण्डितको बाटोमै निधन भएको हो ।

उनी भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्