फिल्म ‘लभ स्टेशन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौँ । अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेकाे फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मलाई उज्जवल घिमिरेले निर्देशन गरेका छन् । गोविन्द शाही, क्रिशु शाही र कविरविक्रम शाहीले निर्माण गरेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन् । फिल्मको सम्पादन अर्जुन जिसी र लोकेश बजार्चायले गरेका छन् ।

फिल्मको कथा सुवाष सिंह बस्नेतले लेखेका हुन् । शिशिर खत्रीको कोरियोग्राफी भएकाे फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीले संगीत भरेका छन् । सुगम पोख्रेल र रमेश पुन लगाएतले फिल्मको गीतमा स्वर दिएका हुन् ।

लभ स्टोरी फिल्ममा प्रदीप र जसिता गुरुङसंगै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ । फिल्म चैत्र २२ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्