हसिया हतौडा अंकित झण्डा ओढेर लुटपाट बन्द गर्न प्रधानमन्त्री ओलीको चेतावनी

  • राजु पौडेल

झापा २१, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हसिया हतौडा अंकित झण्डा ओढेर लुटपाटको काम बन्द गर्न चेतावनी समेत दिनुभएको छ । उहाँले चन्दा उठाउने र दुइचार ठाउँमा बम पड्काउदैमा कुनै पार्टी कम्यूनिष्ट हुन नसक्ने पनि प्रष्ट पार्नु भएको छ ।

मंगलबार नेकपा झापाले आयोजना गरेको ४६ र्औ सुखानी शहीद स्मृति तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई कम्यूनिष्ट पार्टी बीचको एकीकरणले झापा बिद्रोहका शहीदको सपना पूरा भएको पनि बताउनुभयो । उहाँले शहीदहरुले कम्युनिष्ट पार्टी कहिल्यै बिभाजित नहोस् र एक भएर अघि बढोस भन्दै आन्दोलनमा होमिएकाले दुई पार्टीको एकीकरणसँगै शहीदको सपना पूरा भएको बताउनुभएको हो ।

उहाँले प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने, राजतन्त्र उखेलेर फाल्ने र गणतन्त्र ल्याउने भनेर शहीदले देखेका सपना आफूहरुले पूरा गरेको पनि उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले चन्दा उठाउने र दुइचार ठाउँमा बम पड्काउदैमा कुनै पार्टी कम्यूनिष्ट हुन नसक्ने बताउनुभयो । उहाँले अर्धभूमिगत बिप्लब माओबादी तर्फ लक्षित गर्दै हसिया हतौडा अंकित झण्डा ओडेर लुटपाटको काम बन्द गर्न चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्रि ओलिले तत्कालीन झापा बिद्रोहका क्रममा राज्यका तर्पmबाट हत्या गरिएका शहीदहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा दिएको योगदानको सम्झना गर्दै उहाँहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले झापा बिद्रोह र माओबादी युद्धको बलमै दुइ कम्युनिष्ट एक भएको दाबी गर्नुभयो ।

उहाँले आन्दोलनले नेताहरु जन्माउने र तिनै नेताको असाधारण निर्णयका कारण बिभिन्न शक्ति एकै स्थानमा उभिएको बताउनुभयो । अध्यक्ष दाहालले शहीदहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा दिएको योगदानको सम्झना गर्दै उहाँहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्